अन्तर सेमेस्टर फुटसलमा अटोमोवाइल र जियोमेटिक्सको चौथो सेमेस्टर विजयी

पाेखरा | जेठ १३, २०८१

अन्तर सेमेस्टर फुटसलमा अटोमोवाइल र जियोमेटिक्सको चौथो सेमेस्टर विजयी

पोखरा:   गण्डकी बहु–प्राविधिक शिक्षालयको आयोजनामा सम्पन्न अन्तर सेमेस्टर फुटसलमा अटोमोवाइल र जियोमेटिक्सको चौथो सेमेस्टर तर्फको समूह विजयी बनेको छ ।

 

पोखरा २६ स्थित ब्ल्याक होल (द्यबिअप ज्यभि) फुटसलमा भएको फाइनल खेलमा दोस्रो सेमेस्टरको सिभिल इन्जीनियरीयङको समूहलाई हराउदै चौथो सेमेस्टर प्रथम बनेको हो ।

 

प्रतियोगिताबाट विजेता तथा उपविजेता बनेको समूहलाई नगद पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक सुमन चन्द्र सुवेदीले जानकारी दिए । 

 

उनका अनुसार शिक्षालयले वार्षिक कार्यक्रम अन्तर्गत हरेक वर्ष फुटसल प्रतियोगितासँगै हाजिरी जवाफ प्रतियोगिता र वत्तृत्वकला प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
शिक्षालयले विद्यार्थीको शैक्षिक स्तरमा सघाउ पुग्ने बताउदै विभिन्न प्रतियोगिता गर्दै आएको छ ।

 

हाल शिक्षालयमा डिप्लोमा तहका सिभिल, अटोमोवाइल इन्जिनियरीयङ, जियोमेटिक्स लगायत स्वास्थ्यतर्फ फार्मेसी र प्रमाणपत्रतह सामान्य चिकित्सा र वन विज्ञानका विभिन्न कोर्षहरुको अध्यापन गराउदै आएको छ  । 


 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्